
बिनायक ३मा छाउगोठ भत्काउने अभियान कार्यक्रम सम्पन्न, १२ वटा छाउगोठ भत्काइए
कन्चन आवाज
१६ पौस २०७७
अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नः३मा चलेको दोर्सो चरणको छाउगोठ भत्काउने अभियानको आज अन्तिम दिनमा ,थप १ छाउगोठ भत्काइएको छ।
साबिकको वडा नः७ स्थित नन्दकला बुढाले निर्माण गरेको छाउगोठ भत्काइएको वडा नः३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकायले कन्चन आवाजलाई जानकारी दिए।
छाउगोठ भत्काउने अभियानको दोर्सो चरण मङ्सिर ११ गते देखि सन्चालन गरिएको थियो।करिब ३ दिनको समयावधिमा बिनायक नगरपालिका वडा न ः३ का विभिन्न टोलमा गरि १२ वटा छाउगोठ भत्काइका छन।“ब्यबस्था बदलियो अब अवस्था बदलौ,भत्काऔ छाउगोठहरु अब चेतना बदलौ“भन्ने मुल नाराका साथ वडाका विभिन्न टोलमा छाउगोठ भत्काउने अभियानको द्रोसो चरण अन्तर्गत तेर्सो दिन को कार्यक्रम सुरु गरिएको हो।
यदि कोहि कसैले फेरि पनि नंया छाउगोठ निर्माण गरे वा भत्काइएका छाउगोठ पुनह मर्मत गरि छाउगोठमा बसेको खण्डमा कानुनी कार्बाही द्वारा अघि बढाइने पनि कार्यबाहक वडा अध्यक्ष रोकायले बताउनुभयो।उक्त छाउगोठ भत्काउने कार्यक्रममा वडा न ३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकाय,पत्रकार ,सुरक्षाकर्मि,पार्टी प्रतिनिधि, शिक्षक,समाजसेबी बुद्धिजीवी लगायत को सहभागिता रहेको थियो।यो सङ्गै करिब ३ दिन देखि चलेको द्रोसो चरणको छाउगोठ भत्काउने अभियान कार्यक्रम आज सम्पन्न भएको छ।