अछाममा आज थप ७ जनामा कोरोना पुष्टि,

  • कन्चन आवाज
  • १६ पौष २०७७
जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३६ जनाको कोरोना परीक्षण गरिएकोमा ७ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
विहीबार कोरोना सङ्क्रमण पुष्टि हुनेमा १ महिला र ६ जना पुरुष हुन् । उनीहरू सबै जिल्लाको रामारोशन गाउँपालिकाका हुन् ।
रामारोशन गाउँपालिकाका २२ वर्षका १ जना महिला र २८,३९,३६,३८,३५,३५ वर्षका ६ जना परुषमा कोरोना सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी विष्टले बताउनुभयो ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार ३ सय १ जनाको परीक्षण गरिएकोमा ६ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ ।
जिल्लामा अहिले ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाबाट अहिलेसम्म १५सय ८५ जना निको भएका छन् । भने ५ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button