आज बिनायक ३ मा थप ३ छाउगोठ भत्काइयो

                           सुनिल अधिकारी,अछाम,
                                 १४ पौस २०७७

आज पन्चदेवल बिनायक नगरपालिका वडा न ३ मा थप ३ वटा छाउगोठ गोठ भत्काइएको छ।पन्चदेवल बिनायक नगरपालिका वडा न ३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकायको संयोजकत्वमा खटिएको टोलिले आज साबिकको वडा न ७ र ९ मा अनुगमन गरेको थियो।

अनुगमन गर्दा अभियान को तेस्रो दिन आज वडा न ३ अन्तर्गत साबिकको वडा न ७ र ९ मा निर्माण गरेको छाउगोठ भत्काइएको हो।छाउगोठ भत्काइएका हरु अन्तर्गत साबिकको वडा न ७ कि लक्ष्मी जैसी र वडा न ९ कि मन्सरा कामी र लक्ष्मण शाहिले निर्माण गरेको छाउगोठ भत्काइएको छ।

ूब्यबस्था बदलियो अब अवस्था बदलौ,भत्काऔ छाउगोठहरु अब चेतना बदलौूभन्ने मुल नाराका साथ आज वडाका विभिन्न टोलमा छाउगोठ भत्काउने अभियानको द्रोसो चरण अन्तर्गत तेर्सो दिन को कार्यक्रम सुरु गरिएको हो।

अस्ति हिजो र आज गरि पन्चदेवल बिनायक नगरपालिका वडा न ३ मा ११ वटा छाउगोठ भत्काइएका छ्न।यदि कोहि कसैले फेरि पनि नंया छाउगोठ निर्माण गरे वा भत्काइएका छाउगोठ पुनह मर्मत गरि छाउगोठमा बसेको खण्डमा कानुनी कार्बाही द्वारा अघि बढाइने पनि कार्यबाहक वडा अध्यक्ष रोकायले बताउनुभयो।

उक्त छाउगोठ भत्काउने कार्यक्रममा वडा न ३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकाय,वडा सदस्य मदन राज अधिकारि ,रेडियो परिवर्तन एबम कन्चन आवाज डटकमका प्रकाशक सुनिल अधिकारी,ईलाका प्रहरी कार्यालय बिनायकका प्रहरी हवल्दार ललित बिश्वकर्मा, पार्टी प्रतिनिधि, शिक्षक,समाजसेबी बुद्धिजीवी लगायत को सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button