
निरन्तर चल्दै बिनायक ३ मा छाउगोठ भत्काउने अभियान,आज थप एक छाउगोठ भत्काइयो
कन्चन आवाज
१२ पौष २०७७
आज पन्चदेवल बिनायक नगरपालिका वडा न:३ मा थप एक छाउगोठ भत्काइएको छ।
पन्चदेवल बिनायक नगरपालिका वडा न:३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकायको संयोजकत्वमा खटी गएको टोलिले आज साबिकको वडा न:५(अधिकारी गाउँ र काफ्लेगडा)त्यसैगरी वडा न:६(कडायत गाउँमा) अनुगमन गरेको थियो।
अनुगमन गर्दा अभियान को द्रोसो दिन आज वडा न:३ अन्तर्गत साबिकको वडा न:५ मा जोगि बिकले निर्माण गरेको छाउगोठ भत्काइएको हो।
यसैबीच,टीका बिकको घरमा रहेको छाउगोठमा पनि धेरै जना छाउपडी महिला बस्ने गरेको भेट्टिएको छ।दैनिक ५-६ जना महिला छाउ हुदा उक्त छाउगोठमा बस्ने गरेको जनगुनासो रहेकोले आजकै दिन देखि अरुलाइ आफ्नो कोठामा बस्न नदिन वडा सदस्य मदनराज अधिकारिले आग्रह गर्नुभएको थियो।यदि अटेर गरि फेरि छिमेकी छाउपडी महिलालाइ उक्त छाउगोठमा बसालेको पाइएमा कडा भन्दा कडा कार्बाही गरिने पनि वडा सदस्य अधिकारिले बताएका छन।
“ब्यबस्था बदलियो अब अवस्था बदलौ,भत्काऔ छाउगोठहरु अब चेतना बदलौ”भन्ने मुल नाराका साथ आज वडाका विभिन्न टोलमा छाउगोठ भत्काउने अभियानको द्रोसो चरण अन्तर्गत द्रोसो दिन को कार्यक्रम सुरु गरिएको हो।
हिजो र आज गरि पन्चदेवल बिनायक नगरपालिका वडा न:३ मा ८ वटा छाउगोठ भत्काइएका छ्न।यदि कोहि कसैले फेरि पनि नंया छाउगोठ निर्माण गरे वा भत्काइएका छाउगोठ पुनह मर्मत गरि छाउगोठमा बसेको खण्डमा कानुनी कार्बाही द्वारा अघि बढाइने पनि कार्यबाहक वडा अध्यक्ष रोकायले बताउनुभयो।
उक्त छाउगोठ भत्काउने कार्यक्रममा वडा न ३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकाय,वडा सदस्य मदन राज अधिकारि ,रेडियो परिवर्तन एबम कन्चन आवाज डटकमका प्रकाशक सुनिल अधिकारी,ईलाका प्रहरी कार्यालय बिनायकका प्रहरी हवल्दार ललित बिश्वकर्मा, पार्टी प्रतिनिधि, शिक्षक,समाजसेबी बुद्धिजीवी लगायत को सहभागिता रहेको थियो।