
बिनायकको वडा न:३ मा आज ७ वटा छाउ गोठ भत्काइयो, छाउगोठमै बसे कानुनी कार्बाही गर्ने अध्यक्ष शाहिको भनाइ
सुनिल अधिकारी,अछाम
११ पौष २०७७
जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न:३ स्थित साबिकको वडा न:९ मा ७ वटा छाउगोठ भत्काइएका छन।
हेरौ यो तस्बिर:१
अछाम जिल्लामा पछिल्लो समय छाउगोठ भत्काउने अभियान अन्तर्गत आज देखि पन्चदेवल बिनायक नगरपालिका वडा न:३ मा छाउगोठ भत्काउन थालिएको हो।
हेरौ यो तस्बिर :२
“ब्यबस्था बदलियो अब अवस्था बदलौ,भत्काऔ छाउगोठहरु अब चेतना बदलौ”भन्ने मुल नाराका साथ आज वडाका विभिन्न टोलमा छाउगोठ भत्काउने कार्यक्रमको सुभारम्भ गरिएको छ।
पन्चदेवल बिनायक नगरपालिका वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिको संयोजक्त्वमा खटी गएको टोलिले टोलमा जरो गाडेर रहेको छाउपडी हरुको बस्नको लागि निर्माण गरिएको छाउपडी गोठलाइ भत्काएको हो।
हेरौ यो तस्वीर :३
मानिस २१ औ शताब्दीको बैज्ञानिक युगमा प्रवेश गरिसक्दा पनि बिनायक लगायत आसपास का स्थानीय पालिकाहरुमा कुरितिको रूपमा रहेको छाउपडी प्रथाले ग्रामीण भेगका मानिसहरुमा अन्तरमनको डर कायमै राखेकोले त्यो मनको डर हटाउनको लागि आफुले छाउपडी गोठहरु भत्काउने अभियानको द्रोस्रो चरणको अभियान थालनी गरेको वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिले बताउनुभयो।
छाउगोठ भत्काउने कार्यक्रमको द्रोसो चरण अन्तर्गत पहिलो दिनमा आज वडा न:३ को बागदुला लगायतका टोलमा छाउगोठ भत्काउने कार्यक्रम सम्पन्न भएको छ।
छाउगोठ भत्काउने कार्यक्रम अनुसार आज पन्चदेवल बिनायक नगरपालिका वडा न:३ का कम्माने आउजी,जगत आउजी,बखत भुल,कृष्णा भुल, बिर्मा रोकाय ,प्रेम प्रसाद जैसी र निर्मला बिक ले निर्माण गरेका छाउगोठ हरु भत्काइएका छन
यसैबीच, घरभन्दा बाहिर पट्टि अलग्गै छाउगोठ निर्माण गरेर अरु छाउगोठ भन्दा बलियो किसिमले छानो मर्मत गरेका स्थानीय नरपती सार्किलाइ उक्त गोठ भत्काउनको लागि एक हप्ताको समयावधि लाग्ने भएकाले कागजी प्रक्रिया अनुसार एक हप्ताको समयावधि थप समेत गरिएको छ।
समाजमा रहेका अशिक्षित,अन्धबिस्वासी र अज्ञानि मानिस भन्दा पनि शिक्षित मानिसले पनि छाउ हुदा छाउगोठमा बस्ने गरेको तथ्यांक भेटिएको छ।
आज भत्काइएका छाउगोठ अन्तर्गत २ जना महिला स्वास्थ्य स्वयमसेबिकाले पनि छाउ हुदा अलग्गै छाउगोठमा बस्ने गरेको पाइएको छ।
छाउ हुदा छाउगोठ निर्माण गरि बस्ने महिला स्वास्थ्य स्वयमसेबिका निर्मला बि.क. र भावना जैसी रहेकी छन।
साथै आज भत्काइएका छाउगोठहरु पुनर्निर्माण गरि फेरि छाउगोठमै बसेको पाइएमा अबको बाटो कानुनी प्रक्रिया रहेको भन्दै उप्रान्त छाउगोठमा बस्न लगाउने र बस्ने मान्छेलाइ पनि कार्बाही हुने अध्यक्ष शाहिले बताउनुभयो
उक्त छाउगोठ भत्काउने कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाही,वडा सदस्य मदन राज अधिकारी,उजिर सिङ रोकाय,रेडियो परिवर्तनका समाचार प्रमुख एबम कन्चन आवाज डटकमका प्रकाशक सुनिल अधिकारी,पार्टी प्रतिनिधि,सुरक्षाकर्मी, शिक्षक,समाजसेबी बुद्धिजीवी लगायत को सहभागिता रहेको थियो।