छाउगोठमुक्त अभियानको द्रोसो चरण बिनायक ३ बाट सुरुवात,सबैले सहयोग गर्नुपर्नेमा वडाअध्यक्ष शाहिको भनाइ,,

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ पौष १० गते

ब्याबस्था बदलियो अब अबस्था बदलौ ,भत्काउ छाउ गोठ हरु अब चेतना बदलौ भन्ने मुल नारा का साथ छाउपडि गोठ मुक्त अभियान सम्बन्धि छल्फल तथा अन्तर्कृया कार्यक्रम विनायक्मा सप्पन्न भएको छ । पन्चदेवल विनायक नगरपालिका वार्ड नम्बर ३ विनायक को आयोजनामा द्रोस्रो चरण को कार्यक्रम सुरु भएको छ ।

पहिलो चरण मा बल प्रयोग गरि छाउ गोठ हरु भत्काइए तर मानिस को चेतना अझै न आएको ले यो अभियान सन्चालन भएको हो । पन्चदेवल विनायक नगरपालिका  वडा  नम्बर ३ का वार्ड अध्यक्ष सुरेन्द्र कुमार शाही को अध्यक्षता मा भएको कार्यक्रम मा पन्चदेवल विनायक नगरपालिका रोजगार सेवा केन्द्र का सङ्योजक भरत राज अधिकारी ,विध्यामन्दिर नमुना मावी का प्र अ बिरबहादुर शाही ,नेकपा वडा न: ३ का वार्ड कमिटी अध्यक्ष चन्द्र प्रसाद बज्गाइ, नेपाली कङ्रेस का रण बदादुर शाही, ईलाका प्रहरी कार्यलय का प्रतिनिधि ,रेडियो परिबर्तन एफ एम का स्टेसन म्यानेजर महेश प्रसाद रिमाल, कन्चन आवाजका प्रधान सम्पादक सुनिल अधिकारी ,विविन्न बिध्यालय का प्रधानाध्यापक आमा समूह का प्रतिनिधि स्वास्थ सस्था का प्रतिनिधि स्वयमसेविका ,समाज सेवि बुधिजिवी लगायत को सहभागिता रहेको थियो ।

वडा अध्यक्ष सुरेन्द्र कुमार शाही ले समाज मा अझै छाउपडी प्रथा ले जरो गाडेको ले यसको निर्मुल पार्नु पर्ने आवश्यक भएको ले सबैले यो अभियान मा साथ र सहयोग गर्न हुन अनुरोध गर्नु भएको छ । यो अभियान मा साथ न दिई कसैले पनि छाउगोठ मा बसाएको पाइय मा वडा कार्यालय  बाट पाइने सेवा सुबिधा रोक्ने बताउनु भएको छ ।

पहिलो चरणमा छाउ गोठ त भत्काइयो तर मानिस को चेतना अझै न भत्केको ले द्रोश्रो चरण को कार्यक्रम प्रभावकारी रहने बिस्वास ब्यक्त गर्नु भएको छ ।

पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ मा
बल प्रयोग गरि ३ छाउगोठ भत्काइएको इलाका प्रहरी कार्यालय का प्रहरी हवल्दार लालसिङ बोहोरा ले बताउनु भयो ।

कार्यक्रम को उदेश्य बारे  जानकारी पन्चदेवल विनायक नगर्पालिक रोजगार सेवा केन्द्र का सङ्योजक भरत राज अधिकारी ले प्रष्ट पार्नु भएको थियो ।

विध्यामन्दिर को सभाहल मा भएको अन्तर्कृया तथा छलफल कार्यक्रम मा पौष ११ गते देखि १३ गते सम्म पन्चदेवल विनायक नगरपालिका वडा न: ३ मा जनप्रतिनिधि कर्मचारी शिक्षक राजनितिक दल, सुरक्षाकर्मी आमा समूह लगायत ले घरदैलो मा गै जनचेतनामूलक सन्देश दिइ गोठ भत्काउन को लागि कार्ययोजना तयार भएको छ ।

पन्चदेवल विनायक नगरपालिका वडा: ३ का वडा सदस्य  मदन राज अधिकारी को स्वगत मन्तब्य बाट सुरु खएको कार्यक्रम को सन्चलान आयुर्वेद शाखा का गिता बुढा ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button