बिनायकमा कोरोनाले उग्ररूप लिए लगत्तै सिसिएमसिले निकाल्यो यस्तो सुचना,नगरपालिका सिल-कन्चन आवाज

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ मङ्सिर २० गते,रोज ७

जिल्ला को पन्चदेवल बिनायक नगरपालिका मा कोरोनाको अवस्था भयावह हुनसक्ने भन्दै आज नगरपालिका स्तरीय संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी)ले एक सुचना जारी गरेको छ।

दैनिक जसो कोरोना सन्क्रमित को संख्या उकालो तर्फ बढिरहेकोले यसबाट थप मानिस संक्रमीत नहुन भन्ने उद्देश्य ले यस्तो आपतकालीन सुचना जारी गरिएको उल्लेख गरिएको छ।

केही दिन पहिले मात्र नगरपालिकाका नगर प्रमुख देबराज देबकोटालाइ कोरोना पुष्टि भएको र त्यसको पछिल्लो दिन उहाको सम्पर्कमा आएका ब्यक्तिको पिसिआर परिक्षण गराउदा कर्मचारी सहित समुदाय स्तरमा कोरोना फैलिएको भन्दै साबधानी अपनाउन आग्रह समेत उक्त सुचनामा भनिएको छ।

आज बसेको नगर स्तरीय संकट ब्यबस्थापन केन्द्र(सिसिएमसी)को बैठक को निर्णय अनुसार कोरोना देखिएका ब्याक्ती हरुलाइ होम आइसोलेसन मा बस्ने र स्वास्थ्य मापदण्ड अपनाउन पनि नगरपालिकाले अनुरोध गरेको छ।साथै नगरपालिका का कर्मचारीमा पनि कोरोना भाइरस पुष्टि भएकोले एक हप्ताका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको छ।

सिसिएमसिले गरेका निर्णय हरु के के हुन?
१:नगरपालिकाको कार्यालय,वडा कार्यालय र बित्तीय संस्थाहरुबाट प्रबाह गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने।
२:नगरपालिकाका सम्पूर्ण बिधालय एक हप्ताको लागि बन्द गर्ने।
३:अत्यावश्यक सेवा प्रदायक पसलहरु बिहान १० बजे सम्म मात्र खुला गर्ने।
४:सामाजिक जमघट हुने कार्यक्रम नगर्ने नगराउने।

तसर्थ, नगरपालिका ले होम आइसोलेसनमा बसेका ब्याक्तीहरुको परिवार लाई समेत परिक्षण गरिने हुदा साबधानी साथ बस्न पनि सुचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button