
भारतमा हप्ता दिन भित्रै कोरोना विरुद्ध भ्याक्सिन लगाउने कार्ययोजना-कन्चन आवाज
भारतमा केही सातामै सर्वसाधारणका लागि कोभिड-१९ कोरोना महमारी विरूद्धको खोप लगाउन थालिने भारतीय सन्चार माध्यम ले जनाएका छन।
शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने र सर्वसाधारणलाई कोभिड-१९ कोरोना महामारी रोक थामका लागि कोरोना विरूद्धको खोप लगाउन थालिने बताएका छन् ।
प्रधानमन्त्री मोदीले बैठकमा कोभिड-१९ कोरोना खोपको विषयमा जानकारी दिने क्रममा भने, ‘भारतीय वैज्ञानिकहरुका अनुसार आगामी केही साताहमै भारतमा कोभिड विरुद्धको खोपको शुरुआत गर्दैछौँ ’ जानकारी दिए । कोरोना महामारी बिश्व शुरु भएको बेला भारतमा रहेको विभिन्न औसधिमा रिसर्च थालिएको थियो । नयाँ भ्याक्सिन बनाई रहदा समेत भारत र नेपाल अधिकान्सले रेमडिसिभिर बाट कोरोना बिरामीका सिकिस्त बिरामी समेत निको भएका हुन । उक्त औसधिले महगो भएको आम जनताको पहुच पुग्न नसकेको बिज्ञले बताउँछन । अहिले सरकारले आफै कोरोना महामारी विरुद्ध आमनागरिकका लागि टिकाकरण गर्ने भएको छ ।
मोदीका अनुसार यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी दिनुभयो ।