अछाममा थप एक जना संचारकर्मीलाई कोरोना संक्रमण पुष्टि,,कोरोना संक्रमीत सन्चारकर्मिको संख्या ६ पुग्यो-कन्चन आवाज

कुलेन्द्र बिश्वकर्मा,नेपालगन्ज
२०७७ मङ्सिर १९ गते,रोज ०६

पन्चदेवल बिनायक नगरपालिका वडा न:३ निबासी कन्चन आवाज डटकम का प्रधान सम्पादक सुनिल अधिकारी लाई कोरोना पुष्टि भएको छ।

केही दिन पहिले नगरपालिका मा नगरप्रमुख देबराज देबकोटालाइ कोरोना पुष्टि भएपछि त्यस लगत्तै नगरपालिका ले उहाको सम्पर्कमा आएका ब्याक्ती को कन्ट्याक्ट ट्रेसिङ गराएको थियो।

कन्ट्याक्ट ट्रेसिङ पछि उक्त संकलित स्वाब परिक्षण को लागि कमलबजार पिसिआर प्रयोगशालामा पठाइएको थियो।

कमलबजार प्रयोगशालामा पठाइएको स्वाब परिक्षण मा उहालाई कोरोना संक्रमण देखियो। उहालाइ कोरोना पोजेटिभ देखिसकेपछी यतिखेर उहाँ होम आइसोलेसनमा बस्नु भएको जानकारी दिनुभएको छ।

याे संगै अछाममा कोरोना संक्रमित हुने संचारकर्मीको संख्या ६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button