
नेपालगन्जमा थप दुइजना कोरोना संक्रमितको मृत्यु -कन्चन आवाज
- कुलेन्द्र बि.क,नेपालगन्ज
- २०७७ मङ्सिर ०७ गते,रोज ०१
स्वास्थ्यमा समस्या भएपछि तुलसीपुरका ती पुरुषलाई मंसिर ४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । उनको त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाव निकालिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको उपचारकै क्रममा आज विहान १ः ४० बजे मृत्यु भएको जिल्ला कोडिभ -१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले कन्चन आवाजलाई जानकारी दिनुभयो । उनी लामो समयदेखि मधुमेहका विरामी थिए ।
त्यस्तै स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीका ती पुरुषको कोरोना परीक्षण गरिएको थियो । उनको त्यसको भोलिपल्ट रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई २७ गते कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो ।
रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दागर्दै उनको गएराती ११ः ५० बजे मृत्यु भएको श्रेष्ठले बताउनुभयो । उनी उच्चरक्तचापका विरामी थिए । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृतक संख्या ४६ पुगेको छ ।