माघे संक्रान्तिको अवसरमा गोरु जुधाइयो,गोरु भिड तिर जान खोज्दा ३ जना घाइते(फोटो फिचर )

कञ्चन आवाज
१ माघ २०७७

माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ ।

गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् ।

तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए ।

 

अनलाइन खबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button