
प्रचण्ड-माधब समुहको बिरोध प्रदर्शन राजधानीका ठाउठाउबाट सुरु
- कन्चन आवाज
- १४ पौष २०७७
नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा शुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ ।
यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ ।
अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु ‘प्रतिनिधिसभाको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं’ लेखिएको ब्यानर पछिपछि देखिएका छन्
यसबाहेक अन्य ठाउँहरुबाट जनसंगठन र पार्टी कमिटीहरुको प्रदर्शन निस्कने गरेका छन् । सबैतिरको जुलुस भृकुटीमण्डप पुग्नेछ । त्यहाँ, अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ ।
राजधानी उपत्यका बाहिर पनि सबै जिल्लामा आज प्रदर्शन राखिए