
बहुचर्चित टेलिसिरियल”सक्किगोनी”प्रसारण बारे आयो यस्तो समाचार-कन्चन आवाज
- कन्चन आवाज
- २०७७ मङ्सिर १२ गते,रोज ०६
कोरोना महामारीका कारण केही महिनादेखि रोकिएको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ प्रसारण हुने भएको छ ।
‘सक्किगोनी’ आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।
हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्नेछ । कार्यक्रमको बजारीकरणका लागि एपप्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ ।