अछामलाई आसामको रुपमा सम्बोधन गर्ने अछामका प्रजिअ मल्लले मागे माफी

कञ्चन आवाज
२ चैत्र २०७७

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले सामाजिक सञ्जालमा अछामलाई अपभ्रंश गरी विभिन्न नाम दिनुभएको थियो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा जिल्लाको नाम कहिले आसाम, कहिले आछाम त कहिले असाम लेख्दै आउनुभएको थियो ।

जिल्लाको प्रमुखले यसरी गलत तरिकाले जिल्लाको नाम दिएको भन्दै उहाँको सामाजिक सञ्जालमा चर्को आलोचना भयो । यसरी सामाजिक सञ्जालमा आलोचना हुँदै गर्दा उहाँले आज सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत हतारमा टाइपिङ मिस्टेक भएको भन्दै माफी माग्नुभएको छ ।

उहाले सच्याएको सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button