सामुदायिक विद्यालयहरुको पाठ्यक्रम प्रबोधिकरण तालिम पञ्चदेवल विनायक नगरपालिकामा आज देखि सन्चालन

कन्चन आवाज
२१ पौस २०७७

सामुदायिक विद्यालयहरुको लागि ३ दिने पाठ्यक्रम प्रबोधिकरण तालिम पञ्चदेवल विनायक नगरपालिकामा आज देखि सन्चालन भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिमको उद्घाटन कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउने प्रमुख अतिथी रहनुभएकोथियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै नगर उप प्रमुख चलाउनेले निजि शिक्षकहरुको नगरपालिकाले सम्बोधन गरिसकेको र एक हप्ता भित्रै नगरका हरेक विद्यालयमा अनुगमन गरेर प्रत्येक विद्यालयका समस्याहरु पहिचान गरेर समस्याको समाधानमा नगरपालिकाको तर्फबाट कुनै कसुर वाँकी नराख्ने धारणा राख्नुभयो । उद्घाटन कार्यक्रममा अतिथीको आसनबाट बोल्दै पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सज्जन बहादुर शाहीले आफु पनि पहिले शिक्षक भएर लामो समय सम्म काम गरेकोले शिक्षकका पीर मर्का बुझेको र सम्पूर्ण शिक्षकहरुको हकहितको पक्षमा सदैब रहिरहने धारणा राखनुभयो । कार्यक्रममा विद्या मन्दिर नमूना माद्यामिक विद्यालयका प्रधानाध्यापक बीर बहादुर शाही लगायतका अतिथीहरु रहनुभएकोथियो । पन्चदेवल विनायक नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवम् शिक्षा किास तथा समन्वय इकाई अछामको प्रायोजनमा सन्चालन भएको तालिममा पन्चदेवल विनायक नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ५ सम्मका ३१ वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । आधारभूत तह कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्क्रमको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

तालिम दुई चरणमा सन्चालन गरिने र दास्रो चरणमा नगरपालिकाको वडा नं. ६ देखि ९ सम्मका विद्यालयहरुको लागि पौष २४ गते देखि २६ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

दिन सम्म चल्ने तालिमको सहजिकरण पन्चदेवल विनायक नगरपालिका शिक्षा, युवा तथा खेलकद शाखा प्रमुख पहलसिंह नेपाली र विद्या मन्दिर नमूना माद्यामिक विद्यालयका शिक्षक हरि प्रसाद उपाध्यायले गरि रहनुभएको छ । तालिमका प्रशिक्षक हरिप्रसाद उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको सन्चालन पत्रकार तपेन्द्र धामीले सन्चालन गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button