
सार्वजनिक खरिद तथा लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम विनायकमा सन्चालन
सुनिल अधिकारी,अछाम ।
१८ पौष २०७७
सार्वजनिक खरिद तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम आजबाट पन्चदेवल विनायक नगरपालिकामा सन्चालन भएको छ ।
पन्चदेवल विनायक नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पहलसिंह नेपालीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगर उप–प्रमुख अम्बिका चलाउने प्रमुख अतिथी रहनुभएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै नगर उप प्रमुख चलाउनेले नगरपालिका स्थापना भैसकेपछि शिक्षकहरुले तालिम लिन नपाएकोमा दुखद कुरा भएको र शिक्षा विकास तथा समन्वय इकाई अछामको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको र आगामी दिनमा पनि अब शिक्षकहरुको सहजताको लागि तालिम सन्चालन गरिने र शिक्षकहरुको हक–हितको लागि आफु प्रतिबद्ध भएको बताउनुभयो।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथीको आसनबाट बोल्दै शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले शिक्षकहरुमा आर्थिक अनुशासन र शैक्षिक शुसाशन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका प्रमुख एबम कोलेनिका सचीव लोकेन्द्र प्रसाद भट्ट, विद्या मन्दिर नमूना माद्यामिक विद्यालयका प्रधानाध्यापक बीर बहादुर शाही, कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका लेखापाल टंक प्रसाद भट्ट, शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रा.स. मदन बहादुर विष्ट,लगायतका अतिथीहरु रहनुभएकोथियो ।
तालिममा पन्चदेवल विनायक नगरपालिकाका २१ वटा मावि ,निमावि विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । पन्चदेवल विनायक नगरपालिकाका लेखापाल ध्रुबबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सन्चालन पत्रकार तपेन्द्र बहादुर धामीले गर्नुभएको थियो