
लिपुलेकमा मिसाइल राख्ने तयारीमा चीन,कारण यस्तो-कन्चन आवाज
कन्चन आवाज
२०७७ भाद्र ०६ गते,रोज ०७
एजेन्सी ,लिपुलेक पासमा चीनले मिसाइल राख्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन्।
यी मिसाइलले जमिनबाट हावामा मार हान्न सक्छन्।
मानसरोवर तालको किनार नजिकैबाट मिसाइल तैनातीका लागि साइट निर्माण गर्न सुरु गरिसकेको भारतीय मिडियाको दाबी छ।
मिसाइलका लागि साइट निर्माण गरिरहेपनि चीनले कस्तो किसिमको मिसाइल यहाँ राख्छ भन्ने बारे स्पष्ट छैन। उक्त क्षेत्र भारतीय सिमानाबाट टाढा नभएकाले भारतका लागि खतरा रहेको भारतीय पक्षको भनाई छ।
लिपुलेकको भूभागबारे नेपाल र भारतबीच पछिल्लो समय विवाद चलिरहेको छ।
दुई देशबीच तनाव भइरहेको बेला चीनले यस्तो अवस्थाको फाइदा उठाउन खोजको भारतीय पक्षको आरोप छ।
नेपालको पक्षमा उभिएर चीनले भारतलाई भारतलाई समस्यामा पार्न खोजिरहेका भारतीय मिडियाले उल्लेख गरेका छन।
भारतीय सञ्चारमाध्यमका अनुसारट्वीटरमा ओपन सोर्स इन्टेलिजेन्स डिट्रेस्फाले एउटा स्याटेलाइट इमेज पोस्ट गरेको छ। यो तस्वीरमा चीनले निर्माण गरिरहेको मिसाइल साइट देखिएको छ ।डिट्रस्फाका अनुसार यहाँ चीनले सैनिकको तैनाथी पनि बढाएको छ ।
लिपुलेकको त्रिदेशीय सीमा क्षेत्रमा चीनले मिसाइल अड्डाको निर्माण गरिरहेको दाबी गरिरहेको छ।
चीनले हालै लिपलुेक क्षेत्रमा थप १ हजार बढी सैनिकहरू थपेको खबर बाहिरिएको थियो। नेपाललाई साथ दिन र नेपालको पक्षमा उभिन चीनले यस्तो कदम चालिरहेको दाबी गरिएको छ।
लिपुलेक पासमा भारतले मानसरोवर यात्राका लागि नयाँ रुट बनाएको छ। भारतले बनाएको ८० किलोमिटर लामो सकडप्रति नेपालले आपत्ति जनाएको थियो।
नेपालले भारतले अतिक्रमण गरेका भूभाग समेट्दै नयाँ नक्सा सार्वजनिक गरिसकेको छ।