गुपचुपमै सार्बजनिक सुनुवाइ गर्दै बान्निगढी जयगढ गाउपालिका

  • कञ्चन आवाज,अछाम।
  • ६ चैत्र २०७७

बान्नीगढि जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई आम नागिरिकलाई सुचना नदिई गर्ने तयारी गरेको पाईएको छ ।

आर्थिक बर्ष २०७६/७७ को गाउँपालिकाको निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रमबारे आम नागिकलाई सार्वजनिक सुचना नदिई कार्यक्रम गर्ने तयारी गरेको पाईएको हो ।

गाउँपालिकाले यहि चैत्र ७ गते शनिवार बिहान सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तयारी गरेपनि सार्वजनिक सुनुवाइ कार्यक्रमबारे आफुहरुलाई कुनै जानकारी नभएको यस क्षेत्रका अगुवाले बताएका छन् ।

नेकपा एमालेका जिल्ला कमिटि सदस्य नवराज साउँदले गाउँपालिकाको सार्वजनिक सुनुवाइबारे आफु र आफ्नो दललाई कुनै खवर नभएको बताउनुभयो ।

गत आर्थिक बर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका बेथिति र अनियमितताबारे जनताले उठाएका प्रश्नको जवाफ दिन नसकि कार्यक्रम स्वयम गाउपालिका अध्यक्षले नै समापन गरि भागेको स्मरण गर्दै नेता साउदले यस पटक पनि बेथितिबारे नागरिकले बोल्न नपाउन भन्ने उदेश्यले कार्यक्रमको सुचना लुकाईएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

यस्तै नेकपा माओवादि केन्द्रका पालिका संयोजक नरेन्द्र साउँदले सार्वजनिक सुनुवाइ कार्यक्रमबारे आफु र आफ्नो पार्टीलाइ कुनै पनि जानकारी नआएको बताउनु भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका बिषयमा बुझ्दा नेपाली काँग्रेसका नेता टेक बहादुर साउदले पनि आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

उता नेकपा एमाले तिमिल्सैनका वडा कमिटि अध्यक्ष रंगसिंह ठकुल्लाले पनि गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्न लागेको बिषयमा आफुलाइ कुनै जानकारी नभएको बताउनु भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम कहाँ र कुन समयमा आयोजना हुदैछ भन्नेबारे अनुसन्धान गर्ने क्रममा एक जना कार्यपालिका सदस्यको मोवाईलमा कार्यक्रमबारे गाउँपालिकाले पठाएको म्यासेज हामीले प्राप्त गरेका छौ ।

कार्यक्रमबारे गाउँपालिकाले पठाएको म्यासेजमा सार्वजनिक सुनुवाईको समय बिहान ८ बजे र कार्यक्रम हुने स्थान गाउँपालिकाको सभा हल उल्लेख गरिएको छ ।

गाउँपालिकाको बजेट तथा नितिबारे आम नागरिकका धारणा सुन्न तथा सुझाव सल्लाह लिन अछामका सवै जसो स्थानिय तहले खुला स्थानमा आम नागरिकको बाक्लो उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएका छन् तर बान्नीगढि जयगढ गाउँपालिकाले भने आम नागरिकको बेवास्था गर्दै गोप्य रुपमा गाउँपालिकाको हलमा सार्वजनिक सुनुवाई आयोजना गरेको छ ।

गाउँपालिका जस्तो जम्मेवार निकायको बार्षिक बजेट तथा नितिको सार्वजनिक सुनुवाइ कार्यक्रमको सुचना किन लुकाईएको भन्नेबारे बुझ्न खोज्दा बान्नीगढि जयगढ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले यस बिषयमा बोल्न चाहेनन् ।

गत आर्थिक बर्षमा बान्नीगढि जयगढ गाउँपालिकामा कोरोना नियन्त्रण क्वारेन्टाईन व्यवस्थापनमा भ्रष्टाचार भएको नागरिकले गुनासो गर्दै आएका छन् । कोरोना कहरका बिचमा भ्रष्टाचार मौलाएको गुनासो गर्दै नागरिक तथा अगुवाले गाउँपालिकाले समयमै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने माग गर्दै आएका थिए ।

तर गाउँपालिकाले नागरिकहरुको सहभागिता नहुने गरि सार्वजनिक रुपमा कुनै सुचना जारी नगरि गाउपालिकाको हलमा सार्वजनिक सुनुवाइ आयोजना गर्नुले बिभिन्न शंका उत्पन्न भएका छन् ।

गत बर्षको सार्वजनिक सुनुवाई कार्यक्रम पनि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बिवादका बिच बिचमै समापनको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button