
अन्नपूर्ण सहकारीको बौनियामा सेवा कार्यालय बिस्तार
कञ्चन आवाज
१ चैत्र २०७७
प्रधान कार्यालय लम्कीमा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको कैलालीको बौनियामा सेवा कार्यालय बिस्तार गरेको छ । आज एक कार्यक्रमका बिच सेवा केन्द्र बिस्तार गरिएको छ ।
बिगत लामो समय लम्कीमा रहेर सहकारी क्षेत्रमा आफ्नो भुमिका निर्वाह गर्दै आई रहेको कार्यलाई बौनियामा बिस्तार गर्नु ठूलो उपलब्धि भएको संस्थाका अध्यक्ष खगेन्द्र धमालाले बताउनु भयो ।
संस्थाका अध्यक्ष खगेन्द्र धमालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भिख्खु चौधरी रहनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरुले वडा सरकार बाट हुने सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
२०६७ सालमा स्थापना भएको संस्थाले १० करोड बन्दा बढीको कारोबार गरि रहेको छ ।
संस्थाका उपाध्यक्ष जयन्द्र जैशीको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको संचालक संस्थाका ब्यबस्थापक नवराज न्यौपानेले गर्नु भएको जानकारी प्राप्त भएको छ।