
माइक्रोसफ्ट स्पेसलिस्ट वल्ड चाम्पियनसीप प्रतियोगिता हुँदै,७७ वटै जिल्लाका विद्यार्थी सहभागी हुन पाउने
- सुनिल अधिकारी,अछाम।
- ७ फागुन २०७७
सुचनाप्रविधि क्षेत्रमाविश्वको सबै भन्दा ठुलो प्रतियोगितामाइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीकाविद्यार्थीहरुले पनिप्रतिष्पर्धा गर्ने भएका छन् ।
डेलाइट आइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीकाविद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन लागेको हो ।
माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीपग्लोवल कम्पीटिसन हो । प्रतियोगीतामा सहभागीविद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण हुन्छ ।
सहभागी विद्यार्थीले माईक्रोसफ्ट सर्टिफिकेशन पाउँछन् । यो एक अन्तराष्ट्रिय प्रमाणपत्र हो । प्रतियोगिताजिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय गरेर तीन तहमा हुने सेन्टरका सञ्चालकतथा(माईक्रोसफ्ट अफिस स्पेशलिष्ट डिष्ट्रीक अपरेसन म्यानेजर ई.प्रकाशखनालले जानकारी दिए ।
प्रतियोगीतामा १३ वर्ष पूरा भई २२ वर्ष ननाघेका प्रतियोगीहरु सहभागीहुन पाउँछन् । जिल्लास्तरका विजेताहरु राष्ट्रिय प्रतियोगीतामा प्रतिष्पर्धाका लागि पोखरा जान पाउँछन् ।
‘पोखरामाहुने राष्ट्रिय प्रतियोगीतामा ७७ वटै जिल्लाका बिजेताहरुबीच प्रतिस्पर्धा हुनेछ,’ ई.खनालले भने, ‘प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जनाविद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्वगर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जान पाउँछन् ।’
कार्यक्रम संयोजक पदम खनालले कोरोना संक्रमणका कारण पछिल्लो समय विद्यार्थीहरु अनलाइन कक्षामा अभ्यस्त भइराखेकाले प्रतियोगीतामा विद्यार्थीहरुलाई त्यसको फाइदापुग्ने बताए ।
उनले विद्यार्थीहरुमा सिप विकासका साथै खाली समयको सदुपयोग हुने, विश्वकै ठूलो प्रतियोगीतामा सहभागीहुनपाइने, देश–विदेशकाविद्यार्थी हरुसँग साक्षात्कार गर्न पाइने लगायतका फाइदाहरु सहभागीलाई हुने डेलाइट कम्प्युटर ईन्स्टिच्यु सुर्खेतका कम्प्युटर इन्जिनियर प्रकाश खनालले बताए ।
विगत १८ वर्षदेखि भइरहेको प्रतियोगीतामा सन् २०२० मामात्रै एक सय ३५ देशका १० लाख भन्दाबढी विद्यार्थीले सहभागिता जनाएका थिए । नेपालले २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधि प्राप्त गरेको छ ।
प्रतियोगीतामा सहभागीहुनका लागि फागुन २० गते भित्र फारम भर्नुपर्ने हुन्छ भने सहभागीलाई तालिमको व्यवस्थाआयोजक संस्थाले गर्ने छ ।