वाक नेपाल द्वारा बिनायकका २६ जना जोखिममा परेका कृषकलाइ बिउबिजन सहित सामग्री हस्तान्तरण

  • कञ्चन आवाज
  • १४ माघ २०७७

अछाम – पंञ्चदेवल विनायक नगरपालिकाका २६ जना जोखीममा परेका कृषकलाई बिउ बिजन सहित सामाग्री प्रदान गरिएको छ । वाक नेपाल र वर्ल्डभिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संन्चालित उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत सहयोग गरिएको हो ।

नगरपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ का गरी २६ जनालाई कृषकको जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले जिविकोपार्जन पुनः स्थापना सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । उत्थानशिल परियोजना संयोजक दिलिप बोहराको अध्यक्षता तथा पंञ्चदेवल विनायक नगरपालिका वडा ३ का अध्यक्ष सुरेन्द्र शाही प्रमुख अतिथी रहनु भएको एक कार्यक्रमका बिच ९ जनालाई प्लाष्टिक घरभित्र तरकारी खेती गर्न सामाग्री, ७ जनालाई च्याउ खेती र १० जनालाई बर्षे आलु खेतीका लागी विउविजन सहयोग सहीत सामाग्री प्रदान गरिएको थियो ।

प्रमुख अतिथी शाहीले सहयोगी सामाग्री सही सदुपयोग गरि जिविकोपार्जन बृद्धि गर्न सहभागीलाई सुझाव दिएका थिए । कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक अध्यक्ष ललित शाही, ६ का वडा सदस्य लोक बहादुर तारामी मगरलगायतको सहभागीता रहेको थियो । जिबिकोपार्जन परियोजना अधिृकत धिरज ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सामाजिक परिचालक खगेन्द्र सिजापतीले गर्नु भएको थियो । यस्तै मेल्लेख गाउँ पालिकाको वडा नं. १, २, ३, ६ र ७ मा पनि किसानलाई सहयोग गरिएको वाक नेपालले जनाएको छ ।हाम्रो बुलेटिन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button