अन्नपूर्ण साकोस लम्किको को १० औं वार्षिक साधारण सभा सम्पन्न,,

कन्चन आवाज
१८ पौष २०७७

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. लम्कीको १० औं वार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खगेन्द्र धमालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो ।

कार्यक्रम विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंक सञ्चालक शिवा थापा , किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह रहनु भएको थियो भने अतिथिमा जनसेवा सहकारी संस्थाका अध्यक्ष समाजसेवी दलबहादुर बिष्ट , बल्चौर जैविक विविधता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनन्जय न्यौपाने , पिपुल्स सहकारी संस्थाका प्रबन्धक चन्द्रकान्त खनाल , मनकामना बचत तथा ऋण सहकारी संस्थाका सचिव घनश्याम डांगी , एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. लम्कीका शाखा प्रमुख नवराज खनाल लगायत विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि , समाजसेवी , संस्थाका पुर्व पदाधिकारी तथा सदस्यहरू , सल्लाह समिति , उपसमिति , संस्थाका सदस्य, शेयर धनीहरूको सहभागीता रहेको थियो ।

उत्कृष्ट बचतकर्ता देवेन्द्र धमाला लम्की , फुलीयादेवी चौधरी पथरिया , राधा बुढा प्रतापुर , जगतराज ढकाल भल्का , हर्कबहादुर भुल बलिया , चक्रबहादुर चौधरी बलियाका बचतकर्ताहरूलाई सम्मान गरिएको थियो । भने कार्यक्रममा अध्यक्ष धमालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै प्रगति प्रतिवेदन व्यवस्थापक नवराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो ।

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुमानित आय- व्याय १ करोड ४२ लाख , ८५ हजार प्रस्तुत गरिएको थियो । भने अनुमानित दायित्व तथा सम्पत्ति २०७७/७८ को ११ करोड ७१ लाख ५० हजार प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख महादेव बजगाइले संस्थाले राम्रो प्रगति गरेको,सहकारीले खाली बचत तथा ऋणमा मात्रै केन्द्रित नभएर सहकारी मार्फत कसरी रोजगारी सञ्चालन गर्न सकिन्छ भन्नेमा सहकारीहरूले ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।

सहकारी सस्थाले जग्गाको व्यवस्थापन गर्नुपर्ने र भवन बनाउनका लागि लम्कीचुहा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सहकारी बैंक सञ्चालक शिवा थापाले समयमै ब्याज तथा ऋण चुक्ता गर्नुपर्ने , सहकारी उत्पादन मुखी हुनुपर्ने बताउनु भयो । संस्थाका उपाध्यक्ष जयन्द्र प्रसाद जैसीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेमबहादुर बिष्टले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button