हालेमालो साकोसले विभिन्न शाखाको भेला गर्ने मिति तोक्यो,पौष १८ मा साधारणसभा गर्ने

सुनिल अधिकारी,अछाम।
२०७७ मङ्सिर ०६ गते।

अछामको पन्चदेवल बिनायक नगरपालिकामा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आज साधारणसभा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

संस्थाका संचालक समिति अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको बैठकले १८ औं साधारणसभा पौष महिनाको १८ गते गर्ने निर्णय गरेको हो ।

सोमबार सम्पन्न बैठकले विभिन्न शाखाहरुको भेला गर्ने मिति तय गरेको छ । जस अनुसार पौष ११ गते कालेकाडा र बारला , १२ गते पुल्लेतोला र लयाटी र १४ गते कालिकास्थान र तोलिमा शाखा भेला गर्ने निर्णय भएको संस्थाका उपाध्यक्ष दिपेन्द्र धामीले कन्चन आवाजलाई जानकारी दिए ।

पन्चदेवल बिनायक नगरपालिकाको अग्रणी सहकारी संस्था हातेमालोमा हाल ३५ सय बढी सेयर सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button