उखु किसानको आन्दोलन जारी,अनावश्यक मोलमोलाइ गरेको आरोप

काठमाडौँ-काठमाडौँमा आन्दोलन गरिरहेका सर्लाहीका किसानहरुको नेतृत्व गरिरहेका हरिश्याम रायले विचौलियाको रुपमा मोलमोलाइ गरेको आरोप लगाएका छन्।

अग्रवालले मंगलबार विज्ञप्ति निकालेर रायले आफूसँग विभिन्‍न आन्दोलनका नाममा पटक पटक गरी आफूसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैँया भुक्तानी लिएको बैंक स्टेटमेन्ट सार्वजनिक गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौँ केन्द्रित आन्दोलनमा घुसपैठ भएको छ। आन्दोलनका नेतृत्व गरिरहेका र आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्‍याम राय बिचौलिया हुन र यो आन्दोलनको नाममा उनले हामीसँग मोलमोलाइ गरेको जानकारी गराउन चाहन्छौँ।’

उनले आफूलाई रायले आन्दोलनको धम्की दिएर विभिन्‍न मितिमा रकम भुक्तानी लिएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘ भुक्तानी नपाएका किसानसंग उखुका पर्ची सस्तोमा किनेर उद्योगीलाई महँगोमा बेची करोडौ रुपैयाँ लिने गरेका छन्।तर उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन भन्दै काठमाडौं आउँछन् र पुनः मोलमोलाई सुरु गर्छन्।’

रायले पटक पटक मोलमोलाइ गरी धम्क्याएपछि उनको गतिविधि निगरानी बढाएको र असह्‍य भएपछि आफूले यो विवरण सार्वजनिक गर्न बाध्‍य भएको बताउँदै उक्त प्रकरणको निष्पक्ष छानविन गर्न माग गरेका छन्। उनले भनेका छन्, ‘हरिश्याम रायले कति जमिनमा खेती गर्छन ? उनको उखुको उत्पादन र बिक्री कति थियो ? उनले मिलबाट पाउनु पर्ने रकम कति हो ? तर उनले सन् २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ तारिखसम्म ३२ पटक गरेर हामीसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएका छन् ।’

उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको रायको खाता नम्बर ०४४०५०५०२७६५७५ मा उद्योगले पटक पटक पैसा पठाएको र नगदै समेत दिएको अग्रवालको दाबी छ। उनले आफ्नो घरमै आएर पैसा लिएको भिडियो प्रमाणसमेत आफूसँग सुरक्षित रहेको बताए।

अग्रवालले आन्दोलनको नाममा रायले पटक पटक उद्योगीलाई धम्क्याएर ठूलो रकम असुली गरेपछि उद्योगीले बाध्य भएर उनको गतिविधि निगरानी गरेका थियौं र अब सहनै नसक्ने गरी हामीमाथि प्रहार भएपछि यो सार्वजनिक गर्न बाध्य भएका हौं। यो सबै जानकारी उद्योगीले सरकारलाई पनि बुझाएका छौं।’

उनले चिनी उद्योगीको भुक्तानी चाडै गर्ने भन्दै बिचौलिया र उद्योगीलाई दुःख दिनेलाई तत्काल कारबाही गर्न माग गरेका छन् । चिनी मिलबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सर्लाहीका केही किसानहरु अहिले काठमाडौंमा आन्दोलनरत छन्।

गतवर्ष पुसमा सरकारसँग भएको सहमति पछि बिगत १ बर्षको अवधिमा १८ करोड रुपैयाँ किसानको बक्यौता तिरेको उनले जानकारी दिए । उनले आफ्नो उद्योगको स्वामित्वमा रहेका दुई वटा उद्योगको एक वर्ष अघिको ४० करोड बक्यौता घटेर २२ करोडमा आईपुगेको जानकारी दिए ।उनले भने, ‘एउटै मिलको बक्यौता ३० करोड भनी गलत प्रचार गरेका छन्।

Back to top button