
कैलालीमा अबैध रूपमा काठ चिरान गर्ने २ जना पक्राउ
- कन्चन आवाज
- २०७७ भदौ १८ गते,रोज ०५
मोहन्याल गाउँपालिका वडा नम्वर ६ र लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो।
मोहन्याल गाउँपालिका–६ का ४३ वर्षीय नैन बहादुर सिँजाली मगर र ३६ वर्षीय तुल बहादुर घर्तिमगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो।
भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्णबहादुर बोहोराले बताए।
दुई थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा, २ बञ्चरा बरामत गरिएको सहायक वन अधिकृत बोहोराले बताए।
पक्राउ परेका तुलबहादुर घर्तिमगरले जंगलमै खान बस्नको व्यवस्था गरेर आफूहरुलाई काम गर्न लागेको बताए। काठ चिरान गर्न लगाउने गोविन्द चन्द देउराली सामुदायिक वनका निवर्तमान अध्यक्ष हुन्।