सुदूरपश्चिमका थप ४ जनामा कोरोना पुष्टि

कन्चन खवर संवाददाता
२०७७ भदौ १,गते,रोज ०२

अछाम – सोमवार भएको परीक्षणमा सुदूरपश्चिमका थप चार जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका दुईसहित थप चार जनामा संक्रमण देखिएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनु्सार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २६ बर्षीय पुरुष र वडा नम्वर १९ का २२ बर्षीय पुरुषमा संक्रमण देखिएको हो।

उनले कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर १२ का ४० बर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ का ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको कन्चन आवाजलाई जानकारी दिए।

उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २७ जनाको कोरोना परीक्षण भएको छ।

सोमवार चार जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २५ पुगेको छ। चर हजार दुई सय बढि संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button