डोटीमा बस दुर्घटना तीन जनाको मृत्यु, २९ घाईते

कन्चन खवर संवाददाता
२०७७ साउन २८ गते,रोज ०४

डोटीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको बताए।

उनीहरुको सनाखत भने भएको छैन्। उनका अनुसार २९ जना घाईते भएका छन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। ७ जनाको अवस्था भने गम्भीर छ।

त्रिनगर सीमानाकाबाट ३२ जना यात्रु बसमा सवार रहेको देखिएको बताउँदै श्रेष्ठले अहिले सम्म संख्या यकिन नभएको बताए।

भारतबाट फर्किएकाहरुलाई लगेर धनगढीबाट छुटेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा आज बिहान दुर्घटनामा परेको हो। बस सडकबाट करिब ५० मिटर तल खसेको छ।

बस अछामका लागि छुटेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button