अन्ततः स्थगित भयो मस्टेमाण्डौ र बाल्देमाण्डौ मेला

२०७७ साउन १६ गते,रोज०६
सुनिल अधिकारी,अछाम।

सुदुरपस्चिम प्रदेशको पहाडी जिल्ला अछामको पन्चदेवल बिनायक नगरपालिकाको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको मालिका चतुर्दशिका दिन लाग्ने मस्टेमाण्डौ मेला र बाल्देमान्डौ मेला यस बर्ष को लागि स्थगित गरिएको छ।

पन्चदेवल बिनायक नगरपालिका नगरकार्यपालिकाको आज बसेको बैठकले देश यतिखेर कोरोना भाइरस (कोबिड-१९)को जोखिममा गुर्जिरहेको बेला यदि उक्त स्थानमा मेला पर्व आयोजना गरे सामाजिक दुरि कायम नहुने भन्दै थप जोखिम बढ्न सक्ने भन्दै सुचना जारी गरेर मेला स्थगित गरिएको जनाइएको छ।

यो मेला मात्र नभएर अरु धार्मिक महत्व बोकेको ऐतिहासिक र परापुर्बकाल देखि सन्चालन हुँदै आएको बारलाको कुइकालेदेबि मन्दिरमा पनि यो बर्ष मेला नलाग्ने भएको छ।

साथै सुचना जारी गरिदा गरिदै पनि जबर्जस्त तरिकाले मेला गराउन खोजेमा कानुन अनुसार कार्बाही गरिने पनि उक्त सुचनामा उल्लेख गरिएको छ।

गतसाल मस्टेमाण्डौ,बाल्देमान्डौ र कुइकालेदेबीमा मेला भर्न छिमेकी जिल्ला दैलेख,कालिकोट ,डोटि,डडेल्धुरा ,सुर्खेत ,कैलाली ,लगायतका स्थानबाट श्रधालु भक्तजनहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button