फेसबुकले बनायो आफ्नै ‘सर्वोच्च अदालत’, गर्नेछ विवादस्पद पोष्ट हटाउने निर्णय

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफूमाथि उठ्दै आएको प्रश्न व्यवस्थापन गर्न नयाँ उपाय अपनाएको छ। त्यसका लागि एउटा स्वतन्त्र बोर्ड गठनको महत्वपूर्ण घोषणा गरेको छ।

यो स्वतन्त्र बोर्डमा रहने सदस्यहरुले विरोधाभाषपूर्ण सामग्री फेसबुकबाट हटाउने निर्णय गर्नेछन्। फेसबुक सिइओ मार्क जुकेरबर्गभन्दा माथि रहने यो बोर्डले ‘कन्टेन्ड मोडरेसन’को काम पनि गर्नेछ।

विवादस्पद लागेका सामग्री डिलिट गर्नेछ। प्रविधि विश्लेषकहरुले यो बोर्डलाई फेसबुकको ‘सर्वोच्च अदालत’ नाम दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button