अछाम का १ जना बालक ४ दिन देखि बेपत्ता,परिवारको सम्पर्कमा अझै आउन सकेनन

  •         सुनिल अधिकारी,अछाम।
  •             २२ श्रावण २०७८

अछाम -जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न:३ का एकजना बालक ४ दिन देखि बेपत्ता भएका छन।

साबिकको ५ न:वडा(टाकुरेगडा)स्थायी घर भएका १३ बर्शिय भुवन अधिकारी मिति २०७८ श्रावण १९ गते बिहान करिब ९ बजेतिर सामान किन्न बजार जान्छु भनी गएको र अहिलेसम्म घर नफर्किएको बेपत्ता अधिकारीका दाजु निराजन अधिकारी ले कञ्चन आवाजलाई जानकारी दिए।

बेपत्ता भएका अधिकारीको खोजी कार्य परिवारले धेरै ठाउमा गरिसकेको र कतै पनि पत्ता नलागेकोले निज बेपत्ता अधिकारीको खोजी कार्यलाई झन प्रभाबकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय बिनायकलाइ निवेदन गरिसकेको पनि बेपत्ता अधिकारीको पारिवारिक श्रोतले जानकारी दिएको छ।

गहुँगोरो वर्ण, करिब ४ फिट उचाइ भएको, कैलो कपाल भएको, कालो पाइन्टमा सर्के सर्ट र  चप्पल  लगाएको भुवन लाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरीचौकी वा   ९८६-५३२९५३४ मा सिधा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

बेपत्ता बालक पञ्चदेवल बिनायक नगरपालिका- ३ मा  रहेको बिधामन्दिर नमुना माध्यामिक विधालय बिनायकमा कक्षा  ६ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button