कञ्चन आवाज पत्रीका आज देखि दोर्सो बर्षमा प्रवेश,महा संकट्को कस्टपुर्ण यात्रामा

           कञ्चन आवाज
           २ साउन २०७८

कञ्चन न्युज प्रालिद्वारा सञ्चालित कञ्चन आवाज डट्कम (kanchanaawaz.com)आजदेखि दोर्सो वर्षमा प्रवेश गरेको छ ।

गत बर्ष साउन २ गते देखि पहाडी एबम बिकट जिल्लाको रूपमा परिचीत अछामको पञ्चदेवल विनायक नगरपालिका वडा न:३ स्थित धर्मघर टोलमा उक्त पत्रीकाको कार्यालय स्थापना गरिएको थियो।

कञ्चन न्युज प्राइभेट लिमिटेड द्वारा सञ्चालित यस डिजिटल पत्रीकाले समाजमा हुने हरेक किसिमका अन्याय,अत्याचार,भ्रष्टाचार एबम बेथिति बिरुद्द आफ्नो सेवा मार्फत जनतालाइ सुसूचित गराउदै आएको छ।

हामी दैनिक सयौंको संख्यामा सामाग्री पस्कछौं । ती पढ्न तपाईंहरूले कञ्चन आवाज डटकम भिजिट गर्नुहुन्छ । हामीले गरेका गल्ती औंल्याइदिनुहुन्छ । अझै विश्वसनीय र सन्तुलित सामग्रीका लागि रचनात्मक सुझाव दिनुहुन्छ, घच्घच्याइरहनुहुन्छ । तपाईंका ती सुझाव र निरन्तरका खबरदारी नै हाम्रो प्रेरणाका स्रोत हुन्, रहिरहनेछन् ।

मानव जाती र मानव जातिको समग्र बिकाशको लागि सञ्चार माध्यमले मानव जातिलाई परिबर्तित र युगान्तरको लागि मिडिया जगत आम जनमानसको आधारको केन्द्रबिन्दु रहेको पुर्बज पत्रकारिताको धर्म ले औल्याउँदै आइरहेको छ।

कञ्चन आवाज डटकम एउटा नंया सोच,नयाँ जागर,नया उद्देश्य,नया बाटो अपनाउने लक्ष्यका साथ स्थापित भएको कुरा हाम्रा समाचार,बिचार एबम विश्लेषण द्वारा बुझिदै आएको छ तथापि कञ्चन आवाज डटकमको स्थापना कोरोना कहरको सुरुवाती चरणबाटै भएकोले हामिले सोचे अनुरुप हाम्रा कार्यकलापलाइ थप अगाडी बढाउन असमर्थ रहेका छौ र उक्त कुराप्रती क्षमाप्रार्थी चाहन्छौ।

करिब १ बर्षको पत्रकारिताको दौरानमा पत्रीका को गरिमा र महत्त्व लाई थप उचाइमा पुर्याउन लागि पर्नुहुने राजनितिज्ञ,समाजसेवी,बुद्दिजिबी एबम पाठ बर्गहरु प्रती सर्बप्रथम कञ्चन आवाज डटकम परिवार हार्दिक आभार एबम कृतज्ञता प्रकट गर्दछ।

कञ्चन आवाज डटकम डिजिटल पत्रीकाले कोरोनाको यो चरम संकटमा पनि राम्रो नेटवर्क र नेट ईन्टरनेट को पहुँच बाहिरै बाट मोबाइल डाटा अर्थात चर्को शुल्कमा ईन्टरनेट खपत गरेरै भएपनी हरप्रहर समाचार प्रकाशन गरिरहेको छ।

समाचार लेखन र समन्वयतामक भुमिका अपनाउदा अपनाउदै पनि कञ्चन आवाज पत्रीका केही दलाल, घुसखोरी,नाताबाद र कृपाबाद हेर्ने मानिसहरुको  अगाडी तारो बनिरहेको छ।

रेडियोको समाचार कुर्नलाइ २४ घन्टा नै पर्खनुपर्ने र त्यो पनि बासी समाचार प्रसारण हुने भएकोले उक्त समाचार प्रती पछिल्लो समय बिस्वस्नियता गुम्दै गैरहेकोले रेडियो को विकल्प मा अनलाइन डिजिटल पत्रीकालाई निर्माण गर्न एबम यसको क्षेत्र फराकिलो बनाउनका लागि अहम भुमिका खेल्नुहुने नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका युवा नेता एबम सुदुरपस्चिम प्रदेश कमिटी सदस्य शङ्कर प्रसाद भण्डारी,सुदुरपस्चिम प्रदेश सभा सदस्य माननीय अक्कल बहादुर रावल,नेकपा माओवादी केन्द्रका युवा नेता नितेश कुमार रिमाल,पञ्चदेवल बिनायक नगरपालिका वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाही,नेपाली काङ्ग्रेस अछामका प्रबक्ता / जिल्ला कार्य समिती सहसचिब एबम नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष बेदप्रकाश तिमिल्सैना,नेपाली काङ्ग्रेस पञ्चदेवल विनायक नगरपालिकाका नगरसभापती खेमराज अधिकारी,कमलबजार नगरपालिकाका उपप्रमुख भुमिशरण बजगाइ,नेकपा माओवादी केन्द्रका युवा नेता एबम केन्द्रिय सदस्य शेर बहादुर बुढा,प्रेस चौतारी अछामका अध्यक्ष कृष्ण बहादुर बुढा,नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष नन्द बहादुर कडायत लगायत सम्पुर्णमा धन्यवादका शब्दहरु अर्पण गर्दछौ।अनि बिशेश धन्यवाद ज्ञापन गर्न चाहन्छौ शिबम अफसेट प्रेस नेपालगन्ज बाके जस्ले प्राबिधिक कुरामा सहयोग गर्न तल्लिन रहयो।

यसपटक यो सम्पादकीय सम्प्रेषण गर्दैगर्दा अन्य मुलुकझैं नेपाल पनि यो महामारीबाट थप प्रताडित बनेको छ । हामी यो क्षणमा कोरोना भाइरसका कारण ज्यान गुमाउनुभएका विश्वभरका लाखौं जनप्रति गहिरो समवेदना व्यक्त गर्दै यसबाट संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं । विश्व मानवजातिलाई कोरोनाभाइरस विरुद्धको लडाईंमा छिट्टै सफलता मिलोस्, हाम्रो कामना छ ।

कोरोना नियन्त्रणका लागि संसारका धेरै देशले लकडाउन लागू गरे । त्यसले अर्थतन्त्रमा ठूलो असर गर्‍यो । नेपालको सानो अर्थबजार पनि नराम्ररी प्रभावित बन्यो, बनिरहेको छ । यतिबेला हामी ती विज्ञापनदाताप्रति विशेष आभार व्यक्त गर्न चाहन्छौं, जसले कोरोनाकालमा घाटा-नाफा बिर्सेर हामीलाई निरन्तर सहयोग गर्नुभयो । तपाईंहरूको सहयोगविना मिडियाको अस्तित्व गम्भीर संकटमा पर्नेमा दुई मत छैन । सम्पूर्ण विज्ञानपनदाता, व्यापारिक घराना र तिनका नेतृत्व एवं सरोकारवाला सबैलाई हामी हृदयदेखि सलाम अर्पण गर्न चाहन्छौं ।

आरदणीय पाठकवृन्द,

हामीले गएको फाल्गुन महिनामा हाम्रो ‘ट्याग लाइन’ (नारा) परिवर्तन गर्‍यौं । ‘न्यायको पहिलो खुडकिलोभन्ने नारालाई परिवर्तन गरेर ‘बेथिति र अन्याय विरुद्धको शशक्त आवाज’ भन्ने नयाँ नारा प्रयोग गर्न थालेका छौं ।

नारा आफ्नो ठाउँमा छ । खोज र सत्यतथ्यमा आधारित सन्तुलित एवं विश्वसनीय सामग्री सम्प्रेषणमा आफूलाई खरो उतार्ने हाम्रो प्रयास सदैव अविचलित रहनेछ । महासंकटको यो कठिन घडीमा हामी अझै जिम्मेवारीका साथ उपस्थित हुनेछौं ।

बि.स.२०७७ साल साउन महिनाको २ गतेको अवसर पारेर पाठकसामु ल्याउँदा पत्रकारिताका मूल्य मान्यता र खोजमूलक पत्रकारिताबारे हामीले जुन संकल्प गरेका थियौं, त्यसमा अन्तिम क्षणसम्म इमान्दार भएर लाग्ने संकल्प यस अवसरमा पुनः दोहोर्‍यााउन चाहन्छौं ।

समाचार संकलन र अन्य बस्तु स्थिति को बारेमा बुझ्न सबै पालिका हरुले सहयोग गरेतापनी उक्त पत्रीका सञ्चालन भएको कार्यालय को पालिका पञ्चदेवल बिनायक नगरपालिकाले भने यस पत्रीका लाई छायामा राख्ने गरेको पाइएको छ।

कञ्चन आवाज डिजिटल पत्रीका दोर्सो बर्षमा प्रबेश गरेको यस सुखद उपलक्ष्यमा शुभकामना दिदै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सहसचिव एबम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले यस्को आगामी यात्रा झन फराकिलो एबम व्यापक हुँदै जनजिबिकाका पक्षमा कलम चलाउदै जानुपर्नेमा जोड दिनुभयो,साथै उहाले यस कञ्चन आवाज पत्रीकाको स्तर वृद्धि को लागि आफू बाट गर्न सकिने कामको लागि एक इन्च पनि पछि नहट्ने स्पष्ट पारे।

यसैबीच,कञ्चन आवाज डिजिटल पत्रीका दोर्सो बर्ष को सुरुवाती चरणमा प्रवेश गरेको शुखद उपलक्ष्यमा शुभकामना दिदै नेकपा माओवादी केन्द्रका युवा नेता एबम केन्द्रिय सदस्य शेर बहादुर बुढा ले”पत्रकार भनेको रास्ट्रको गहना र पत्रकारिता क्षेत्र भनेको परिवर्तन गराउने माध्यम भएकोले पत्रकार लाई दुव्र्यवहार गर्नु हिंसा भएकोले अबको दिनमा पनि दुव्र्यवहार गरेको खण्डमा पत्रकार को हक हितको लागि लड्न तयार रहेको बताए।

यस्तै,प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका संयोजक कृष्ण बहादुर बुढाले कञ्चन आवाज डिजिटल पत्रीका दोर्सो बर्षमा सुखद यात्रा तय गरेको अवस्थामा शुभकामना व्यक्त गर्दै”कञ्चन आवाज डटकम एउटा आधिकारिक र इजाजत प्राप्त पत्रीका भएकोले संबंधित पालिकाले मिडिया प्रती अंकुश लगाउने काम दु:खद भएको बताउनुभयो।साथै उहाले यस पत्रीकाको लागि रचनात्मक शुझाब र प्रतिक्रिया दिनु आवश्यक रहेको र दुव्र्यवहार गर्नु चै आवश्यक नरहेको भन्दै दुव्र्यवहार गर्ने कुरा अलि ढिलो आफू कहाँ सुन्नमा आएकोले यस्तो कुरामा तत्काल केही गर्न अप्ठ्यारो पर्ने र अब देखि यस्तो खबर सुन्नमा आएमा आफू निकट संस्था चुप लागेर नवस्ने प्रस्ट पारे।

उता,नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष नन्द सिंह कडायतले पनि यस पत्रीका को दोर्सो बर्ष मा यात्रा तय गरेको अवसरमा लाखौं लाख शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस पत्रीकाले सत्य,तथ्य र निस्पक्ष समाचार सम्प्रेषण गर्दै जानुपर्नेमा जोड दिनुभयो र कञ्चन आवाजलाई कुन ठाउँ नीर के सहयोग गर्नुपर्ने त्यसमा आफू सक्रिय भएर लागि पर्ने उल्लेख गर्नुभयो ।

यो अवधिमा कञ्चन आवाज डट्कमले सदैब खोजमूलक समाचार पोर्टलको पृथक पहिचान बनाएको छ, हामी त्यसमा अझै निखार ल्याउने प्रयत्न गर्नेछौं ।

विश्वले कल्पनासम्म नगरेको अहिलेको महासंकटको समयमा डिजिटल पत्रिका (अनलाइन पत्रकारिता) को भूमिका अझै प्रभावकारी बनेको महसूस हामीले गरेका छौं । तर, कोरोना भाइरसका कारण थिलोथिलो हुन पुगेको अर्थतन्त्रको प्रत्यक्ष असर पत्रकारितामा परेको हुनाले हाम्रो आगामी यात्रा पक्कै सहज हुनेछैन । संकटमा पनि सही, स्थलगत, खोज र विश्लेषणात्मक सामग्रीको सम्प्रेषणमा निरन्तर जुटिरहने छौं ।

अन्तिममा, प्रिय पाठकलाई हाम्रो अनुरोध छ– कोरोना विरुद्धको लडाईंमा आ–आफ्नो स्थानबाट सक्दो योगदान गरौं । मानिसको वास्तविक परीक्षा संकटको घडीमा हुने गर्छ । संसारका करीब ७ अर्ब मानिस संकटमा छन् । यो धैर्य गर्ने र एक अर्कालाई सहयोग गर्ने समय हो । अप्ठ्यारोमा परेकालाई खुला हृदयले सहयोग गरौं । पहिला यो रोगलाई परास्त गरौं । बाँचे अरू त पछि गर्न सकिहालिन्छ । यतिबेला तपाईं घरमै बस्नु पनि कोरोनाविरुद्धको लडाईंमा सघाएको ठहरिनेछ ।

घरमा बस्दा समय कसरी कटाउने भन्ने कुराले चिन्तित हुनुहुन्छ भने कञ्चन आवाज डट्कम तपाईंको साथमा छ । तपाईंलाई पलपलमा विश्वसनीय सूचना दिन हामी चौबीसै घण्टा जागा छौं ।

हामी दोहोर्‍याएर कामना गर्छौं– अर्को वर्ष साउन २ गते  हामीले कञ्चन आवाज डट्कमको तेर्सो  वर्षगाँठलाई स्मरण गर्नुअगावै सिंगो विश्व नै तहसनहस पारिरहेको यो कोरोनाभाइरस रूपी महामारी सम्पूर्ण रूपले हराएर जाओस् र मानवीय जीवन सामान्य अवस्थामा फर्कन सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button