भिम रावल लगायत कार्यदल का सदस्यहरु स्थायी कमिटी बैठक मा सहभागी

कञ्चन आवाज
१ साउन २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावललगायत वरिष्ठ नेता माधव नेपाल पक्षधर स्थायी कमिटीका चारजना सदस्य एमाले स्थायी कमिटी बैठक बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा पुगेका छन् ।

गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे एमाले स्थायी कमिटीको बैठकस्थलमा पुगेका हुन् ।

बैठकस्थलमा छिर्दै उपाध्यक्ष रावलले स्थायी कमिटी र संसदीय दलको बैठक रोक्नको लागि आग्रह गर्न आएको बताए ।

संसदीय दलको बैठक आजै दिउँसो ३ बजेको लागि बोलाइएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यकक्षमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button