कोरोनाको चरम संकटमा समेत स्वास्थ्य सामग्री बितरण गर्दै पुर्ब अध्यक्ष तिमिल्सैना

  • सुनिल अधिकारी,अछाम।
  • १४ असार २०७८

अछाम -जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाका एकजना समाजसेवी ,नेपाल पत्रकार महासंघ अछामका पुर्ब अध्यक्ष एबम पञ्चदेवल बिनायक नगरपालिकाका नगरसभा सदस्य बेदप्रकाश तिमिल्सैनाको संयोजनमा अछामका थुप्रै पालिकाका बिषयगत कार्यालय हरुलाई कोभिड प्रतिकार्यका लागि र बर्षातले पारेको क्षतिबाट बच्नको लागि थोरै भएपनी सहयोग पुगोस भन्ने हेतुले सहयोग रकम सहित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यले निरन्तरता पाएको छ।

कोरोनाले जनसमुदायमा पारेको असर र त्यसैमाथी असारे खहरेले निम्त्याएको जोखिम बाट समुदाय लाई हर प्रकारले बचाउनको लागि पुर्ब अध्यक्ष तिमिल्सैना यतिखेर वास्तविक पिडितको घर आगनमै पुगेर सहयोग गर्न तल्लिन रहनुभएको छ।

जिल्ला स्वास्थ्य कार्यालय अछाम लाई बितरण गरेका स्वास्थ्य सामग्री 

आफैले जिताएर पठाएका जनप्रतिनिधि र अन्य सरोकारवाला पक्ष सहयोग गर्नुको सट्टा उदासिन रहेको हुदा पनि कसैले गर्न नसकेको काम दिनरात नभनी नागरिकहरुलाइ प्रदान गर्दा यतिखेर पञ्चदेवल बिनायक नगरबासी मात्र नभएर सम्पुर्ण अछाम बासी उहाप्रती खुसी भएको अनुभुती गरिरहेका छन।

इलाका प्रशासन कार्यालय बिनायकलाइ बितरण गरिएका स्वास्थ्य सामग्री

स्वास्थ्यनै मानव जिवनको ठूलो धन भएकोले उक्त धनलाइ चिताको बाटो सम्म नपुगोस भन्ने हेतुले स्वास्थ्य सामग्री हस्तान्तरण र कोरोना भाइरसको बारेमा जानकारी दिदै उहाँ यतिखेर जनताको घरदैलोमा उपस्थित हुने गरेका छन।

“कहिले रातिको ९ बज्छ त कहिले रातिको ११,घाम होस या पानी ,दिनरात नभनी सक्दो सहयोग गर्न पाउँदा एकदमै खुसी लाग्छ अध्यक्ष तिमिल्सैनाले भने”

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स डलास टेक्स अस (Nepalese Americian chember of commerce TX US )को सहयोग तथा समन्वय र युवा सूचना मञ्च बाकेको आयोजनामा अछामका विभिन्न पालिकाका प्रायः अरुको तुलनामा बढी भिडभाड हुने ठाउँहरुमा स्वास्थ्य सामग्री बितरण कार्यको थालनी गरिएको संयोजक तिमिल्सैनाले बताए।

स्वास्थ सामग्री बितरण कार्यक्रम अन्तर्गत अहिले सम्म जिल्ला अस्पताल मङ्गलसैन,इलाका प्रशासन कार्यालय बिनायक,पञ्चदेवल विनायक नगरपालिका वडा न:१ का महिला स्वास्थ्य स्वयंसेविका,वडा न:१ कै सरस्वती आधारभुत बिधालय लगायत थुप्रै कार्यालयलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री बितरण गरिएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ स्वास्थ्य सामग्री बितरण

यसैबीच,पञ्चदेवल विनायक नगरपालिका वडा न:१ लाम्पाटा भन्ने ठाउमा आएको पहिरोले क्षति पुर्याएको ठाउँका बासिन्दालाइ थप आर्थिक सहयोग हस्तान्तरण सहित अति जोखिम हुने जस्तो देखिएमा निकट भबिस्यमै ती बस्तिका मानिसहरू लाई सुरक्षीत स्थानमा स्थानान्तरण गर्नका लागि पनि आफू १ इन्च पछि नसर्ने अध्यक्ष तिमिल्सैनाले बताए।

साथै, स्थानीय बासिन्दाहरुले कोरोना कहर र पहिरोको जोखिममा रहेर पनि यस्तो महान कार्य गरेर जनताको जनधनको रक्षाको निम्ति सहयोगी हातहरु जम्मा गरि पुण्य को काम गरेकोमा अध्यक्ष तिमिल्सैनालाइ धन्यवाद ज्ञापन गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button