धनगढीमा प्रधानमन्त्री ओलिले भने प्रचण्ड-माधब समूह भगौडा हुन,बिकाश बिरोधि हुन

कन्चन आवाज
२४ पौष २०७७

प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् ।

धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताए । उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’

बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button