करेन्ट लागेका अपरेटर थापालाइ सहयोग रकम नजुटदा स्वास्थ्य अवस्था झनै जटिल,बचाइ दिन परिवारको आग्रह

अछाम :जिल्लाको बान्निगढी जयगड गाउपालिका स्थित दर्ना लघु जलविद्युत आयोजना का अपरेटर सुर्य बहादुर थापाको स्वास्थ्य अवस्था पछिल्लो समय थप गम्भीर बनेको छ।

मिति २०७७ साल कार्तिक २५ गते विद्युतको केही उपकरणहरुमा खराबी आउदा मर्मत गर्ने क्रममा उहालाई करेन्ट लागेर शख्त घाइते बनाएको थियो।

अपरेटर थापा गम्भीर घाइते भैसकेपछी उपचार गर्न अछाम को बयालपाटा अस्पताल लगियो त्यहाँ उपचार सम्भब नभएपछि नेपालगन्ज को भेरी अस्पताल पुर्याइएको थियो।यति ठाउबाट रेफर गर्दा गर्दै उनमा थप समस्या देखा पर्न थाले र त्यहा पनि चेकजाँच गर्दा अवस्था जटिल छ यता सम्भब छैन भन्दा उनलाई हाल काठमाडौ को किर्तिपुर स्थित मोडल अस्पतालमा उपचार भैरहेको छ।उहाको उपचार भैरहदा पनि घरपरिवार लाई अर्को कुराले घाइते बनाएको छ त्यो हो आर्थिक जोहो।

अछाम देखि नेपालगन्ज र नेपालगन्ज देखि काठमाडौ सम्म रेफर गर्दा परिवार सङ्ग भएको सबै सङ्कलित रकम सकिसकेको थियो।चर्को गाडिभाडा,कोरोना कहरले लकडाउन को सुरुवाती र गरिब घरपरिवार भएकोले भोकभोकै आफू काठमाडौ सम्म पुग्न सकेको अपरेटरका एकजना कुरुवाले बताए।

अहिले बल्लतल्ल अपरेटर थापाको उपचार त भैरहेको छ तर त्यो अस्पताल को पैसा कसरी तिर्ने भनेर परिवारमा चिन्ताको बाटोले चिताको बाटो देखाएको उहाको पारिवारिक स्रोतले जनाएको छ।

उहालाई देशबिदेशबाट चिनजानका साथि र अरुको समस्या बुझ्ने मनकारी महानुभाबबाट अलिकति पैसा त जम्मा गरियो तापनी त्यति पैसाले उनको दैनिक ड्रेसिङ मै सिमित भएको छ।

आर्थिक अवस्था कमजोर भएका परिवारमा जन्म लिएका थापालाई अब बाकी पुनर्जीवन कसरी दिने भनेर परिवार जनमा छट्पटी र मनमा आगोको ज्वाला दन्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button