सफा मौसम कै बिच भत्कियो तालागाडको बिधुत नहर,खवर सुन्दा उपभोक्ता हरु दङ्ग,,(हेरौ यो समाचार )

सुनिल अधिकारी,अछाम।
२०७७ कार्तिक ०९ गते,रोज ०१

तालागाड लघु जलबिधुत आयोजना फेरि अबरुद्ध भएको छ।

यसरी अचानक विद्युत सेवा अबरुद्ध हुदा नगरबासिले यस पालिको दशै अन्धकार मै मनाउन बाध्य भएका छन।जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न:५ लयाटिबाट बितरण गरिने विद्युत सेवा यसरी अबरुद्ध हुदा नगरपालिका को प्रमुख ब्यापारिक केन्द्र बिनायक बजार सहित ग्रामीण बस्तिमा विद्युतको उपलब्धता नहुदा स्थानीय बासिहरुले अन्धकारमै दशै मनाउन पर्दा दशै खल्लो भएको गुनासो गरेका छ्न।

कहिले राजनैनिक खिचातानीले गर्दा त कहिले विद्युत सेवा सन्चालक समितिको निजि समस्या ले गर्दा बेला बेला उपभोक्ता हरुले बिद्धुत को पहुचबाट पन्छिनु परेको छ।

अरु समय भन्दा दशै,तिहारको समय अलि महत्त्वपूर्ण हुने भएकोले दशै तिहारकै मुखमा यसरी विद्युत सेवा अबरुद्ध हुदा जनताले सास्ति खेप्नु परेको एक जना उपभोक्ता ले गुनासो गर्नुभयो।यसै बिषयमा हाम्रा कन्चन आवाज सम्बादाता ले तालागाड लघुजलविद्युत आयोजना किन बेला बेला अबरुद्ध हुन्छ?यसपाली चाहि किन दशै को दिनमै बन्द भयो भनेर उक्त आयोजनाका अपरेटर जल बहादुर शाही सङ्ग बुझ्न खोज्दा उहाले”विद्युतको कुलो भत्किएको कारण ले विद्युत सन्चालन हुन नसकेको जनाउनुभयो।

सफा मौसम,बिना मेघ गर्जन र बिना बाढी पहिरोमा कुलो भत्किएको खबर एउटा अपरेटरबाट प्राप्त हुदा उपभोक्ता  हरुले हास्यास्पद र गैरजिम्मेवार तर्क भनेर उहाको विभिन्न तरिकाले खण्डन गर्ने गरेका छन।साथै उक्त अबरुद्ध विद्युत सेवा सन्चालन हुन करिब १ महिना जति लाग्ने विद्युत अपरेटर शाहिले कन्चन आवाजलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button