
बैदेशिक युबाको पिडा मा आधारित दशै गीत सार्बजनिक
- कुलेन्द्र बि.क.नेपालगन्ज
- २०७७ असोज ०४ गते,रोज ०१
हिन्दुहरुको महान पर्ब दशै नजिकिँदै छ सोही दशंैको अबसर पारेर थुप्रै दशंैका गीतहरु बजारमा आईरहेका छन् ।
बजारमा बिभिन्न गीतहरु आउने क्रममा महेन्द्र सेडाई,दिक्षा थापा,रविना तिवारी र प्रमोद डिजीको आवाजमा रहेको “दशैं आयो” भन्ने बोलको गीत सार्बजनिक गरिएको छ ।
केही नयाँपनका साथै श्रोता र दर्शकहरुको मन जीत्न सकियोस् भन्ने उद्देश्यले चारै जनाको एक साथ आवाज रहेको यो पहिलो गीत हो भने दिक्षा थापा र रविना तिवारीले यसै गीतमार्फत डेब्यु पनि गरेका छन् । राजेन्द्र बजगाईको संगीत संयोजन रहेको सो गीतमा शब्द संगित प्रमोद डिजीको रहेको छ ।
बिदेशिएका युवाहरुको कथामा आधारित उक्त गीतमा चाडपर्ब आउँदा पनि घर परिवार र आफन्तसँग नहुँदा र गरीबीको पीडाको बारेमा उल्लेख गरिएको छ ।
नवराज सुबेदीको निर्देशन रहेको गीतमा अभिनय राज अधिकारी,समिर भुषाल,निशु न्यौपाने र सुनिता सुनारको रहेको छ । सो गीतमा छायांकन मंगल थारु,सम्पादन रामु चौधरी र कलर राजेश कुमारको रहेको छ ।
गीतको छायाकंन बाँकेको पर्यटकिय स्थल गाभर भ्याली र नेपालगंज कोरीयनपुरको जे।एस। बोर्डिङ्ग स्कुलमा गरिएको हो । साथै गीतलाई माया गरिदिनु हुने गायक महेन्द्र सेडाई र पछिल्लो समयका ब्यस्त निर्देशक नवराज सुबेदीले सम्पुर्ण टीमसँगै दर्शक तथा श्रोताहरुलाई बिशेष आभार समेत प्रकट गर्नुभएको छ।